सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुतिमा फिल्म `जिग्री´ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै फिल्म यही वर्षको फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् । कमेडी–क्राइम–एक्सन ड्रामामा निर्माण भएको फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ । काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फर व्यवहार भएका दुई केटाको कथा हो । एउटा आलुजस्तो र अर्को तामाजस्तो फरक स्वभावका ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गर्ने अनेकन् उपाय लगाउने कथामा फिल्म घुम्दछ ।वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरू जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट फिल्मलाई दर्शक माझ देखाउन खोजिएको हो ।
फिल्मका निर्माता कुमार श्रेष्ठ ,कार्यकारी निर्माता कुसुम थापा मगर रहेका छन् । छायाँकन सुमित भट्ट र सोमित माझी,सम्पादन र कलर सरुन मानन्धर,ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य,प्रोडक्सन डिजाइन आकी थेक्पा,सङ्गीत सुवास पौडेर र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स राज भण्डारीको फिल्ममा रहेको छ । फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्ने छ ।