निर्देशक सौरभ चौधरीको निर्देशन रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ बाट नायिका मलिका महतको पोष्टर सार्वजनिक गरिएको छ । फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् ।डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फागुन १८ गतेबाट रिलिजमा सौगात मल्ल , नाजिर हुसेन, आउने फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, निस्चल बस्नेत लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।