पछिल्लो समय चलचित्र प्रमोसन गर्ने फिल्मकर्मीहरु नयाँ नयाँ तरिका अपनाउने गर्दछन् । यसैक्रममा आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ले प्रमोसनको लागी नयाँ उपाय अपनाएको छ । शनिवार काठमाण्डौको सिभिल मलमा चलचित्रको यूनिटले गोल्डस्टार कम्पनीसँग मिलेर जुत्ता वितरण गरेको छ । केही समय अघि चलचित्र युनिटले ‘फाटेको जुत्ता फेसबुकमा राख्नुस्, नयाँ जुत्ता लिएर जानुस्’ भनेर फोटो कन्टेस् राखेको थियो । सोही योजना अन्र्तगत शनिवार चलचित्रका कलाकारले नयाँ जुत्ता वितरण गरिएको हो । निर्माता अर्जुन कुमारको अुनसार करिब १७५ बढी नयाँ जुत्ता बाढिएको जानकारी दिए । कार्यक्रममा चलचित्रका मुख्य कलाकार नायक सौगात मल्ल र वर्षा राउत पुगेका थिए । कार्यक्रममा वर्षाका फ्यानले हात समातेर प्रेम प्रस्ताव राखेका थिए भने सौगातका फ्यानले अटोग्राफ र फोटोहरू खिचाएका थिए। अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।चलचित्रमासौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ ।