कमेडी च्याम्पियनको तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ । बुधबार काठमाण्डौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजन विच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन्। अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ। डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी गराएका छन्। कार्यक्रम हप्तामा २ दिन विहीबार र शुक्रबार बेलुका ९ बजे बाट प्रसारणमा आउनेछ। निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ ।उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आईएमई लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के एल दुगडद्वारा प्रबद्र्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् रहेका छन् भने थप प्रायोजकहरु जेडिने क्रममा छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स सालोन रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज रहेका छन्। कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।