नाटक ‘मासिन्या’ मञ्चन सुरू भएको छ ।बुद्धि तामाङ र सोनाम लामा को परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक थापागाउँस्थित मण्डला नाटकघरमा मन्चन सुरु गरिएको हो । नाटकमा विष्णु मोक्तान, शीतल थोकर तामाङ, शुलभ पाण्डे, रमिला मोक्तान, अजय लामा, सानुमाया तामाङ, निर्मल साउद, सचीन रत्न, रविन दोङ, रुपेश लामा, सुनिल तामाङ, प्रशान्त वाइबा, विकास लामा, विजय नेपाल र इँगिहोपो काँइच सुनुवारको अभिनय रहेको छ ।तामाङ संस्कृति झल्काउनुका साथै तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई नाटकमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ ।नाटक माग २८ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मण्डला नाटकघर, थापागाउँमा मञ्चन हुनेछ । शनिवार भने दिउँसो २ बजे अतिरिक्त शो मञ्चन हुने छ ।