रियालिटी शो ‘द पोइट आइडल सिजन–२’को निर्णायकमा नायिका केकी अधिकारी हुने भएकी छिन् । उनी नायिका सुरक्षा पन्तको ठाउँमा पोइट आइडलमा प्रवेश गर्न लागेकी हुन् अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल छन् । रियालिटी शो ‘द पोइट आइडल’लाई अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् । ‘द पोइट आइडल सिजन–२’का लागि ग्लोबल डिजिटल अडिसन यस अघि नै आह्वान गरिसकिएको छ । दोस्रो सिजन माघ २२ गतेबाट हिमालय टिभीमा प्रसारण हुँदै छ l