फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।  विनयराज पौडेलको निर्देशन रहने फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराइएको हो । क्षित बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिने छ । पुस्कर राउत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल छन् । फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ ।विनयराजले ‘बिहे पास’, ‘पोइ पर्‍यो काले’, ‘लभ यू हमेशा’, ‘के म तिम्रो साथी बन्न सक्छु’ लगायत तीन दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् ।फिल्मका लागि यतिबेला कलाकार छनोटको प्रक्रिया भैरहेको छ ।