निर्मात्री तथा निर्देशक कृषा चौलागाईं आगामी फिल्म ‘पिताम्बर’ को तयारीमा रहेकी छन् । फिल्मको दुई चरणमा छायांकन गरिनेछ । आगामी पुष पहिलो साताबाट छायांकन गर्न लागिएको फिल्मका लागि यतिबेला कृषा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरीको साथमा तराईका विभिन्न ठाउँमा ‘लोकेशन’ हेरिरहेकी छन् । फिल्ममा प्रमोद अग्रहरी र कामेश्वर चौरासिया मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । फिल्मका लागि अडिसनबाट केही बाल कलाकार छनोट भैसकेका छन् ।