फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को छायांकन समापन भएको छ। ओखलढुंगास्थित रुम्जटारबाट फिल्मको छायांकन समपन भएको हो। रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा आँचल शर्मा, दयाहाङ राई, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय रहेको छ । आगामी नयाँ वर्षमा प्रदर्शन हुने भनिएको फिल्म शैक्षिक बेरोजगारीले युवापुस्तामा ल्याएको निराशापनमा आधारित छ। बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ।