फिल्म `राम नाम सत्य´ बाट माइकल चन्दले ठुलो पर्दाबाट निर्देशनमा डेब्यु गर्ने भएका छन्। म्युजिक भिडियो निर्देशनमा सफलता हासिल गरेका निर्देशक माइकल चन्द अव फिल्म निर्देशनमा देखिने भएका हुन् ।माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मको कथा स्वयम् चन्दको रहेको छ।आगामी बर्षबाट सुटिङ्गमा जाने फिल्मका कलाकार भने सार्वजनिक गरिएको छैन। फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने छ ।