अभिनेता सौगात मल्लको ब्यस्तताका कारण फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देल भित्रीएका छ्न् । पोस्टर सार्वजनिक भैसकेको फिल्मको केही प्रतिशत छायांकन भने अभिनेता सौगात मल्लको पखाईमा रोकिएको थियो । तर अब उनले नभ्याउने भएपछी आर्यन फिल्ममा भित्रीएका हुन् ।उनको फिल्ममा केमियो मात्र छ ।ग्याङस्टार जनरामा निर्माण भएकाले आर्यनको भूमिका पनि ग्याङस्टार हुनसक्ने आँकलन गरिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, प्रभाकर न्यौपाने,सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ ।फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् ।