फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा नृत्य गर्दै प्रस्तुत छन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, प्रभाकर न्यौपाने,सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ ।फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् ।