निर्देशक कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा नायिका सुरक्षा पन्त पनि जोडिएकी छिन् । माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा नायिका पन्त अभिनेता प्रदीप खड्काको आमाको भुमिकामा देखिन लागेकी हुन् । फिल्ममा आँचल शर्मा र अनुपविक्रम शाहीलाई पनि अफर गरिएको छ ।फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, कामेश्वर चौरासिया र प्रमोद अग्रहरी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् ।कृषा स्वयंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । उनी फिल्मको निर्मातामा पनि छन् । प्रदीप भारद्वाजले फिल्म लेखेका हुन् । ‘लार्ज स्केल’मा बन्न लागेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।यस अघी कृषा चौलागाईंले फिल्म `ऐंचो पैंचो’ निर्माण तथा निर्देशन गरेकी थिइन् । जुन ब्यापारीक रुपमा बक्स अफिसमा सफल भएको थियो  । माघ, बैशाख र असार-साउनमा गरी फिल्मको तीन चरणमा छायांकन गरिने छ ।