धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अब ठुलो पर्दामा देखिन पाइने भएको छ । फिल्म `खजुरे ब्रो´ मा उनलाई दर्शकले देख्न पाउने भएका हुन् । निर्माण टिमले गत शनिवार  उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरेका  छ्न् । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्ममा फिल्ममा नीति शाह ,रेयर राई, महेश त्रिपाठी, , नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहेको छ । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने  फिल्मका  कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।इटहरी, धरान र दार्जिलिङमा फिल्मको  छायांकन हुने छ ।