नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को जुरी कमिटीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् ।काठमाडौँमा हुने लागेको निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधानअनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो ।प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट/डकुमेन्ट्री फिल्म र डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायकमा रहने जनाइएको छ ।यस वर्षको संस्करणमा ४० देशका ८८ वटा फिचर, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया गरिनेछ ।