कलाकार सुन्दर धिताल एक कुशल चलचित्रकर्मी अझ भनौँ एक कुशल कलाकार हुन । यस अघि विभिन्न नाटकमा पनि अभिनय गरिसकेका उनी पहिलो पटक निर्देशकको भूमिकामा अगाडि आएका छन् । विगत १० वर्ष देखि कलाकारिताको क्षेत्रमा काम गर्दै आएका सुन्दर धितालले २४ मा १२, ज्ञानको चिहान लगायत नाटकमा मुख्य भूमिका निभाइसकेका छन्  । यस नाटक "समय पीडा" उनले निर्देशन गरेको पहिलो नाटक हो ।उनकै परिकल्पना तथा निर्देशनमा नाटक 'समय पीडा' माघ १० गतेबाट  रातोपुलस्थित ओजस थिएटर एन्ड फिल्म स्टुडियोमा मञ्चनमा  आइसकेको छ ।यती बेला चर्चामा रहेको नाटक  विद्यालयको कक्षा ९ को  अनिवार्य नेपाली पाठ्यक्रममा  रहेको समय पिडा मा आधारित रहेको छ ।  नाटकमा पद्यावती सिंहको कथा रहेको छ । नाटकमा रोजगारी लागि नेपालबाट बिदेसिएका नेपालीहरू नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा  समाजेश गरिएको छ।   स्कुलका विद्यार्थीहरूको लागी भनेर मात्र बनाइएको नाटक पहिलो दिन अन्य दर्शकलाई पनि देखाइएको थियो । दर्शकले नाटकको बारेमा सकारात्मक प्रतिक्रिया दिँदै यस प्रकारका नाटकहरू हरेक व्यक्तिले हेर्न पर्ने बताएका थिय । नाटकले पछिल्लो समय देशमा घटिरहेको घटनालाई चित्रण गर्छ ।निर्देशक धितालको अनुसार  देशमा अधिकांश विद्यार्थी र युवाहरू देश नै छोडेर बाहिरी मुलुक मात्र गइरहेको अवस्थामा हामीले आ-आफ्नो क्षेत्रबाट के गर्न सक्छौ भन्ने क्रममा एउटा नाटक निर्माण गर्न सफल भयौ र यो  नाटक विद्यालय शिक्षा  देखिनै जरुरी  महसुस गरेका छौ । राज्यले यो विषयमा चासो दिन जरुरी छ र हामी देशका नागरिकले पनि सोच्ने बेला आएको महसुस गर्दै यो जनमानसलाई धक्धकाउने साधन स्वरूप नाटक 'समय पिडा' प्रस्तुत गरेको छु।थप् धिताल भन्छन् : कलासी प्रोडकसनको सहकार्यमा विभिन्न चेतनामूलक तथा रचनात्मक कार्यक्रमहरूमा संलग्न हुँदै गर्दा विद्यार्थीहरूलाई  लक्षित केही काम पनि गरौँ जसले विद्यार्थीलाई मनोरञ्जन सहित ज्ञान पनि मिलोस् भन्ने सोचले यो नाटकको परिकल्पना गरेँ । कथाकार पद्मावति ज्युले निकै नै समय सान्दर्भिक बेजोड कथा रचना गर्नु भएको छ । नाटकीय परिकल्पनामा केही त्रुटि भए हृदय देखि नै क्षमा माग्दै विशुद्ध विद्यार्थीहरूका लागि यो नाटक तयार गरेका छौँ । यो यात्रामा सहभागिता जनाएर साथ निभाउनुभएका दर्शक प्रति हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छु । नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), शङ्कर पोख्रेल (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दीप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहनु भएको छ । अन्य दिन विद्यार्थीहरूका लागी  नाटक देखाइने छ। साथै, हरेक हप्ताको शनिवार अन्य दशर्कहरुको १:३० मा स्पेसल सो राखिएको छ ।