जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो 'जूनकीरी गजल साँझ' सम्पन्न गरेको छ । आज काठमाडौँको शिल्पी थिएटरमा आयोजित एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो । गजल साँझमा गजलकारहरू बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासी रहनुभएको थियो । पुस्तकालय सहयोगार्थ आयोजित 'जूनकीरी गजल साँझ'मा गजलकारहरूले आफ्नो भावनालाई गजलका माध्यमबाट प्रस्तुत गर्दै दुख, सुख, हाँसो, रोदन र पीडा र सुखीका कुराहरू व्यक्त गर्नुभएको थियो । तीन चरणमा भएको गजल साँझमा सहयोग संघ संस्थाहरूलाई सम्मान गरिएको थियो । यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोगहरू रूकुम पूर्वमा भुकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणाार्थ प्रयोग गरीने संस्थाका सचिव सुवर्ण गौतमले बताउनुभयो ।जूनकीरी अविश्रान्त उज्यालो समाजमका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई विभिन्न तह र तप्काबाट सहयोग गर्दै आईरहेको संस्था हो । जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी कामहरू गर्दै आइरहेको छ । गजल साँझमा विभिन्न व्यक्तिहरूले पुस्तक सहयोग गर्नुका साथै आगामी दिनहरूमा साथ सहयोग सहित अगाडि बढ्ने भावना व्यक्त गर्नुभएको थियो ।