फिल्म ‘नमेटिने घाउ’ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि देखिने भएका छन्। अभिनेता रमीत ढुंगानाले निर्देशन गर्न लागेको फिल्ममा अध्यक्ष ओली देखिन लागेका हुन्।फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो।एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ। एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान देखिने छिन्।