फिल्म ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् ।लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने फिल्ममा शर्मालाई निर्माण टिमले मुख्य भुमिकामा अनुबन्धित गरेका हुन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।