मल्टिकास्ट फिल्म `पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । कास्कीकोटको  गाउँ पुगेर फिल्मको शुभमुहूर्त गरिएको हो । निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने फिल्ममा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए ।फिल्ममा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्ख भूमिका रहनेछ । सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने फिल्मले समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा भन्ने छ ।