फिल्म `हात्ती छाप´ नेपाल संगै बिदेशी मुलुकमा पनि एकसाथ रिलिजमा आउने भएको छ । माघ २६ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । यो फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर रिलिज गर्दैछन् ।यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटल, यूरोपका सम्पूर्ण देशमा नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा सिनेमालाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता र निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।