माघ २२ गते देशभरका हलहरु बन्द गरिने भएको छ ।चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमाघरहरु बन्द गरिने भएको हो ।
चलचित्र संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको जनाइएको छ ।