फिल्म ‘ह्रस्व दीर्घ’ बाट भारतिय कलाकार ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले उनको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गरेको हो । ढाकाटोपी लगाएका उनको निधारमा चन्दन देखिन्छ । एउटामा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत छन् ।द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् ।आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो ।