फिल्म `रङ्गेली’टिमले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ ।गीत ‘हातैले उघाएर’ मा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सक्ने छ्न् । प्रतिस्पर्धामा सहभागी हुनेमध्ये सबैभन्दा धेरै लाइक र भ्यूज प्राप्त गर्ने भिडियोमध्ये दुई जनाले स्मार्टफोन जित्नेछन् । त्यसका लागि भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया हुनुपर्ने र सिनेमाको नामसहित प्रदर्शन मिति मेन्सन गर्नुपर्ने सर्त राखिएको छ । भिडियो आगामी माघ २७ गतेसम्ममा सामाजिक सञ्जालमा पोस्ट गरिसक्नुपर्नेछ ।अर्जुन सुवेदीले निर्देशन गरेको फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । त्यस्तै, युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको सिनेमाका छायाँकार सुशन प्रजापति हुन् ।आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल , प्रभाकर न्यौपाने  लगायतको अभिनय रहेको छ ।