फिल्म‘उपहार’को गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । गीतको भिडियोमा फिल्मका मुख्य नायिकाहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्मालाई देखाइएको छ । साथै अभिनेता मुकुन भुषाललाई पनि दर्शकले भिडियोमा देख्न सक्छ्न् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुती रहेको फिल्मको निर्देशक ज्ञानेन्द्र देउजा हुन् । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।
आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने फिल्ममा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।