अन्तराष्ट्रिय चलचित्र महोत्सवअगामी वर्ष हुने भएको छ । असार ७ देखि १० गते सम्म हुने महोत्सवको यो सातौं संस्करण हो । जसका लागी महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । वर्षेनि अमेरिकामा आयोजना हुँदै आएको नेपाल-अमेरिका फिल्म महोत्सव मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने छ । महोत्सवको निर्णायक समितिले आवेदन परेका फिल्ममध्येबाट प्रदर्शनका लागि छनोट गर्नेछ । त्यसमध्ये सर्वोत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, सर्ट फिल्म, एनिमेशनका साथै सबै विधाका फिल्महरु प्रदर्शन हुनेछन् ।महोत्सवको क्रममा फिल्म, संस्कृति र प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला समेत हुने जनाइएको छ ।