फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका मुख्य सबै कलाकारहरुलाई प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अभिनेता अभिनेता दयाहाङ राई , प्रवीण खतिवडा,नायिका मिरुना मगर , अर्पण थापालाई देखाएका छन् । पोस्टरमा सबैजना एङ्री लूक्समा छन् भने नायिका मिरुना निराश मुद्रामा छिन् । यस अघी पनि निर्माण टिमले क्यारेक्टरको नाम सार्वजनिक गर्दै कलाकारहरुको एक्लौटि पोसटर सार्वजनिक गरेका थिय । फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गरेका छन् । फिल्ममा पोस्टरमा रहेका कलाकारको अलावा सुन्दर धिताल र प्रभाकर न्यौपानेको पनि अभिनय रहेको छ । आगामी महाशिवरात्रिको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने छ ।