फिल्म `दयारानी´ प्रदर्शनमा आउँदैछ । यही माघ २६ गते रिलिजमा आउन लागेको फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई लिएर गुरुङ उत्साहीत छ्न् । केही दिन अघी फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाका कारण पनि निर्देशक माओत्से झन उत्साहित बनेका छन् । माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् तर त्यसलाई मनपराइने वा मननपराइने कुरा वाचकको शैलीमा भरपर्छ।समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमीकमजोरीहरुको दोष पनि अरुमाथि गर्ने, अन्तिमसम्म पनि म कमजोर छु भन्ने कुरालाई आत्मसाथ गर्ननसक्ने पुरुषको मनोवृत्ति प्रस्तुत गर्छ', गुरुङ भन्छन् । साथै ,उनी थप्छ्न् 'हाम्रो समाजमा पितृसत्ता महिलामाथि अझै हाबी छ भन्ने देख्नसक्नुहुन्छ','दयारानी' पाँच वर्ष अगाडि तयार भएको फिल्म हो। तर पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको बुझाइ छ। फिल्मले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् किनकी यो हाम्रो समाजको कथा हो। उनले यो कथा आफ्नै साथीभाइ, इष्टमित्रबिच घटेको देखेपछि आम दर्शकका लागि रुचिकर हुनसक्छ भनेर यसलाई फिल्मको रुपमा ढालेका हुन्।निर्माताले हरियो संकेत गरे एकडेढ वर्षभित्र उनी यो फिल्मको सिक्वेल पस्किन तयार छन्।माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाह्याङ राई , दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङ लगायतको अभिनय रहेको छ । फिल्म बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।