निर्देशक लक्ष्मण सुवेदीले फिल्म `पार्वती´ बनाउने भएका छन् । पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सहित फिल्मको घोषणा गरिएको हो । निर्देशक सुवेदीको लेखन, निर्माण तथा गीत रचना रहने फिल्ममा बाबु-छोरीको सम्बन्धको कथा उठाइएको छ । आगामी वर्षको जेठबाट छायांकनको तयारी गरिएको फिल्ममा श्रीदेवी सुवेदीको निर्माण रहनेछ ।दिलासा र सारा सुवेदीको प्रस्तुतिमा बन्न लागेको फिल्ममा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रिएसनले सहकार्य गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिने फिल्म अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ ।