`रुमानी´ मा  अभिनेता आर्यन अधिकारी र  अभिनेत्री साम्राज्ञी आरएल शाहले सहकार्य गर्ने भएका छन् । `डायरी’ निर्देशक अनिल योञ्जनले करिब ७ वर्षपछि फिल्ममा कम्ब्याक गर्दै साम्राज्ञी र आर्यनलाई फिल्ममा जोडाएका हुन् । लभस्टोरी कथावस्तुमा बन्न लागेको फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।फिल्मलाई हरि मल्ल ठकुरी र जिएम ठकुरीले मिलेर निर्माण गर्नेछन् । ।‘रुमानी’मा निर्माता ठकुरी स्वयंको कथा र निर्देशक योञ्जनको पटकथा तथा संवाद छ ।