‘रुखान’ नाममा फिल्म बन्ने भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्देशक सविर श्रेष्ठले फिल्मबारे जानकारी गराएका हुन् । नेपालीसँगै अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको फिल्मको निर्मातामा कृष्ण थापा अष्ट्रेलिया र सुरेश गुरुङ छन् भने सविन श्रेष्ठ कार्यकारी निर्माता हुन् ।डाक्टर रुपक घिमिरेको कथा तथा अभिमन्यु निरवीको पटकथा तथा संवाद फिल्ममा रहने छ ।सविन फिल्म्स, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने फिल्ममा अर्जुन पोखरेलले संगीत दिनेछन् । निर्देशक श्रेष्ठका अनुसार अहिले कलाकार छनोटको प्रक्रिया भइरहेको छ ।