नायिका प्रियंका कार्कीले फिल्म बनाउने तयारीमा जुटेकी छिन् । उनी आफैले एक्सन फिल्म निर्माण गर्ने बताएकी छिन् । प्रियंकाले प्रष्ट रुपमा नखुलाए पनि होम प्रोडक्सनबाट बन्ने फिल्ममा आफ्नो एक्सन भूमिकामा रहने उनको योजना छ । प्रियंकाले आफ्नो कम्पनी ट्वींकलबेल पिक्चर्सबाट यसअघि ‘वसन्त’ नामक एउटा सर्ट फिल्म र ‘जस्ट अनादर लभ स्टोरी’ वेब सिरिजको निर्माण गरिसकेकी छन् ।