फिल्म `दयारानी´ को प्रिमियर पोखरामा गरिएको छ । `दयारानी’ को प्रिमियर पोखरामा सम्पन्न गरिएको हो । उक्त प्रिमियर मिडटाउन सिनेमाजमा आयोजित गरिएको थियो भने प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, संगीतकार राजनराज सिवाकोटी, फिल्मका निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन लगायतको उपस्थिति थियो । मेयर आचार्यले पोखरामा पछिल्लो समय साहित्य, कला तथा फिल्म सम्बन्धी गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । पूर्व अर्थमन्त्री किरण गुरुङले भने माओत्से गुरुङको लेखन र निर्देशनको प्रशंसा गरे ।माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्मलाई बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।

Cine Pati

माघ २६ मा रिलिज हुने फिल्ममा फिल्ममा दयाह्याङ राई , दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङ लगायतको अभिनय रहेको छ ।