फिल्म ‘दयारानी’ को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। फिल्मले हलमा उच्च शो पाउनुका साथै अष्ट्रेलियामा पनि फिल्मले उत्तिकै उच्च शो पाएको छ । फिल्मले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ ।मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , आइएनआइले १२ शो दिएका छन् । त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।दुबै देशमा फिल्मको करिब ४ सय शो निश्चित भइसकेको छ ।बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका छ्न् । फिल्म डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ। माघ २६ मा रिलिज हुने फिल्ममा दयाह्याङ राई , दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङ लगायतको अभिनय रहेको छ ।