आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको `दयारानी´ लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका छ्न् । फिल्ममा दयाहाङ राई र दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ । यसैगरी `हात्तीछाप’लाई निर्देशक सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा दयाह्याङ राई, उपासना सिहं ठकुरी ,सौगात मल्ल लगायतको अभिनय रहेको छ ।