फिल्म ‘महाजात्रा’ले दुई जोडी पात्रको पोस्टर सार्वजनिक गरेका छन् । मुख्य भुमिकामा फिल्ममा रहेका जोडी विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो ।म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको फिल्मलाई निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका छ्न् ।जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको फिल्ममा पुरुषोत्तम प्रधान छायाँकन रहेको छ । फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चैत्र ९ बाट फिल्म प्रदर्शनमा आउने छ ।