आजदेखि  प्रदर्शनमा आएको ‘दयारानी’ लाई दर्शकले अत्याधिक रुचाउनुका साथै दिउँसोबाट रफ्तार समातेको छ । फिल्मले मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ । ‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ । काठ्मान्डौका प्राय हलहरु पनि हाउसफूल छ्न् । अभिनेता माओत्से गुरुङको निर्देशिय डेब्यू फिल्ममा  दयाहाङ राई र दीया पुनको प्रमुख भूमिका रहेको छ ।बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको  निर्माण रहेको छ । फिल्ममा सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।