फिल्म मनसराको छायांकन सकिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्मको छायांकन ३० दिनमा सकिएको हो ।फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको छ । आगामी वर्षको वैशाख २१ गते रिलिज हुने फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।