निर्देशक शंकर घिमिरेको नयाँ फिल्म ‘तेल भिसा’कोधमाधम काम चलिरहेको छ । यती बेला निर्माण टिमले अमेरिकामै फिल्मको अडिसन लिएका छन् । ७० प्रतिशत अमेरिकामै खिचिने भएकाले निर्देशक घिमिरेले त्यहीँ अडिसनमार्फत् सहायक कलाकार छनोट गर्न लागेका हुन् ।अडिसनमा फरक-फरक वर्ण र विभिन्न उमेर समुहका स्वदेशी तथा विदेशी सहभागी हुन सक्नेछन् ।त्यसका लागि अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा तथा भेषभूषाको समेत राम्रो ज्ञान हुनुपर्ने सर्त राखिएको छ । इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमेल welldonecrations7@gmail.com मा फोटो र बायोडाटा पठाउनुपर्नेछ ।फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे निश्चित लगायतको अभिनय रहेको छ ।