फिल्म‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ । निशान भट्टराईको स्वर रहेको गीतम सविन एकतारेका शब्द र सुशान्त गौतमको सङ्गीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई देखाइएको छ । अर्जुन सुवेदीको निर्देशन र लेखन् रहेको फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल , प्रभाकर न्यौपाने लगायतको प्रमुख भूमिका रहेको छ । फिल्म अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । फिल्म फागुन २५ गतेबाट रिलिज हुने छ ।