चलचित्र महोत्सव– ०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ले जितेको छ। सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको हो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ फिल्म सर्वोत्कृष्ट घोषित भएको हो।‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मको उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको हो।महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी फिल्मले सहभागिता जनाएकोमा २० वटा फिल्म प्रदर्शन गरिएको थियो ।