प्रणय दिवसको समय चलिरहँदा गायिका इन्दिरा जोशीको 'क्यारी भेटुम' सार्वजनिक गरिएको छ । गीतमा इन्दिरालाई गायक राजनराज सिवाकोटीले स्वरमा साथ दिएका छन्।राजनराजको सङ्गीत रहेको गीतमा राजेन्द्र थापाको सङ्गीत संयोजन रहेको छ।विकास प्रसाईँको निर्देशन र सम्पादन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।  

भिडियोको दृश्य कैद  राम केसीले गरेका हुन् । भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन्।