फिल्म ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर निर्माण टिमले तस्विरहरु सार्वजनिक गरेका हुन् । अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको फिल्ममा दयाह्याङ र मिरुना मुख्य भुमिकामा छन् । फिल्ममा कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।



सुशन प्रजापतिले फिल्मको दृश्य कैद गरेका हुन् फिल्म अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने छ । फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने फिल्ममा प्रविण खतिवडा , सुन्दर धिताल , प्रभाकर न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ ।

