फिल्म  ‘पिताम्बर’ मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् ।कृषा चौलागाईंको निर्देशन रहने फिल्ममा भट्ट मुख्य भुमिकामा अनुबन्धित भएकी हुन् । फिल्ममा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् ।केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । ५ करोड बजेट अनुमान गरिएको फिल्मको  तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले अभिनय रहनेछ ।