फिल्म `लाज शरणम´ को निर्माण घोषणा गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो ।हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले अब फिल्म बनाउन लागेका हुन् । यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको फिल्ममा कलाकारहरु कमलमणी नेपाल, दीपक आचार्य, सागर लम्साल, हरिश निरौलाको पनि अभिनय रहने चर्चा छ ।सक्किगोनि’कै दुई मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को समुहले फिल्मलाई निर्देशन गर्ने पोस्टरमा उल्लेख छ ।फिल्मलाई २०८१ सालमा प्रदर्शनको योजना बनाइएको छ ।