फिल्म ‘खजुरे ब्रो’ को छाँयाकन सकिएको छ । काठमाडौं र धरानमा २५ दिन खिचेपछि मंगलबार फिल्मको ‘प्याकअप’ भएको हो । यही फिल्म बाट निति शाहले ठुलो पर्दामा डेब्यु गरेकी छिन्। सुरज सुनुवारको निर्देशनमा निर्माण भएको फिल्ममा नीतिको अलावा कलाकार रेयर राई, महेश त्रिपाठी, , नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहेको छ । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।फिल्मलाई अर्को वर्षको जेठ महिनामा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।