ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि चर्चामा आएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित तेस्रो चलचित्र ‘तिमी सँग’को छायाङ्कन सकिएको छ । चलचित्रको पर्दामा पहिलो पटक अन्नपूर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाङ्कन सक्किएको छ । साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भूमिका रहेको प्रेमकथात्मक चलचित्रको टाइटल गीतको छायाङ्कन बेस क्याम्पमा गरिएको हो ।
टुरिष्ट गाइडको प्रेम कथा बाल्ने चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन । चचित्रको क्यानभास मनमोहक छ, सङ्गीत पक्षले पनि दर्शक श्रोताको मन जित्ने उनले आस राखेकी छिन । चलचित्रलाई निर्देशन शिशिर राणाले गरेका हुन् । पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका निर्देशक राणाले बताए ।