सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘अगस्त्य : च्याप्टर १’ ट्रेलर सार्वजनिक भएको २४ घण्टामै ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएका छन् । ट्रेलरमा सौगातको अभिनयको को दर्शकले अत्यधिक प्रशंसा गरेको कमेन्टमा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सौगात मल्ल , नाजिर हुसेन , मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।