फिल्म `दान्भी´ को लागी नायिका पूजा शर्मा भरपुर मिहिनेत गरिरहेकी छिन् । एक्सन भूमिकामा प्रस्तुत हुन लागेको फिल्म ‘दान्भी’को नेपालपछि भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ ।छायांकन सेटबाट प्राप्त एक तस्वीरमा पूजा ‘किक’ हानेको अवस्थामा देखिएकी छन् ।फिल्मको छायांकनमा पूजासहित अभिनेता कुन्साङ बोमजोम सहभागी छन् ।रुपेश तामाङको निर्देशन रहेको फिल्ममा देव मगर र अनुप गडाल निर्माता रहेका छन् ।  फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह निर्माताको रुपमा छन् ।

Cine Pati Cine Pati Cine Pati Cine Pati

फिल्ममा पूजा र कुन्साङका साथै ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यू गरेका किरण श्रेष्ठको पनि अभिनय छ ।फिल्मको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो ।