नायिका बेनिशा हमाल हिन्दि फिल्ममा देखिने भएकी छिन्  । बेनिशाले फेसबुकमार्फत् आफूले पहिलोपटक हिन्दी फिल्ममा काम गर्न लागेको जानकारी गराएका हुन् । फिल्मको टिमसहितको केही तस्वीरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘भ्वाइस मोडुलेसन, डिक्शन र फ्लोमा महिनौं काम गरेपछि म आफ्नो पहिलो हिन्दी फिल्मका लागि पूर्ण रुपमा तयार छु ।’ उनी अहिले फिल्मको छायांकनका लागि भारतको पिथौरागढस्थित पञ्चाचुली क्षेत्रमा छिन् ।उनले इन्स्टाग्राम स्टोरीमा भारतीय कलाकार गोदान कुमारसँगको एक तस्वीर पनि सेअर गरेकी छन् । अर्थात् उनीहरुले एकसाथ काम गर्दैछन् । गोदामले ‘धडक’, ‘लाल कप्तान’ जस्ता फिल्ममा काम गरिसकेका छन्